एमसीसी खारेज नभए नेपाल दोस्रो युक्रेन बन्ने खतरा छ : देव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विपक्षमा उभिन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मङ्गलवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले एमसीसीको विरोध गर्न आग्रह गरेका हुन् ।
अमेरिकाको सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै उनले सबै मिलेर यसको प्रतिवाद नगरे देश दोस्रो युक्रेन बन्ने खतरा रहेको बताए ।
‘अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न म आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ’, उनले भने ।
गुरुङले चीनलाई घेराबन्दी गर्न एमसीसीमार्फत अमेरिकाले आइपीएस, एसपीपी सैन्य रणनीति लाद्न खोजेको दाबी गरे ।
‘अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका छैन’, उनले भने, ‘उनीहरूले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजेको छ । हामीले खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा छ ।’
कार्यक्रममा उनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकी सैन्य क्याम्प राख्न टापु राख्न नदिएकाले सत्ता ढलेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण