चाँडै काठमाडौँवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौं : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौँवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको बताए । उनले यी आयोजनाहरू सम्पन्न भएपछि काठमाडौँ उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने बताए ।
मन्त्री यादवले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरू रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने बताए । उनले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताए ।
उनले भने, ‘भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको छ । यी आयोजनाहरू सम्पन्न भएपछि काठमाडौँ उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुनेछ । यसमा हामी काम गरिरहेका छौँ । तारकेश्वरमा पनि पाँच ठाउँमा त्यस्तो मुहानहरू छन्, जहाँ सिधै २५ देखि ३० करोड खर्च गर्ने हो भने त्यसमा हामी कमसेकम १४ देखि १५ करोड लिटर पानी पाउँछौँ । त्यसमा पनि काम गरिरहेका छौँ ।’
मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौँवासीलाई दिने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण