रुसी आक्रमणमा युक्रेनमा ४१ जनाको मृत्यु
मङ्गलबार, १८ भदौ २०८१, १७ : ५३
किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेको थियो ।
यस क्रममा कम्तीमा ४१ जना मारिएको र १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् । केहीलाई भग्नावशेषबाट तानेर बचाइएको पनि उनले बताए ।
मिसाइलले शैक्षिक संस्था र नजिकको अस्पतालमा लागेको बताइएको छ । यस आक्रमणमा शैक्षिक संस्थाको एउटा भवन पनि आंशिक रूपमा ध्वस्त भएको छ । उद्धारकर्मीहरूको समूहले करिब २५ जनाको उद्धार गरेको र यी मध्ये ११ जना भग्नावशेषमा पुरिएको बताइएको छ । अन्यको खोजी कार्य भइरहेको छ । पुष्टि नभएको रुसी स्रोतले भने पीडितहरू सेना भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण