बालेनले भने– पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार
मङ्गलबार, १८ भदौ २०८१, १८ : ४२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस उडाएको संकेत गरेका छन् ।
मंगलबार उनले सरकारले आफ्नो स्टाटस उडाएको संकेत गर्दै पोस्ट उडाउने नभई दोषी समान आग्रह गरेका हुन् ।
यसअघि, मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा राखेको एमाले सांसद सम्बन्धीको स्टाटस हटेको थियो ।
त्यसपछि उनले आक्रोश पोख्दै लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’