प्रचण्डलाई नेताहरूको सुझाव– पार्टी तपाईँले नै बिगारेकाले अब बनाउन पहल गर्नुहोस्
काठमाडौँ । प्रदेशमा जारी परामर्श बैठक अन्तर्गत नेकपा माओवादी केन्द्रको मंगलबार तीन केन्द्रीय आयोगको संयुक्त परामर्श समितिको बैठक बस्यो । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांश बोल्ने सदस्यहरूले नेतृत्वको कारण पार्टी कमजोर भएको आरोप लगाएका थिए ।
तीन आयोगमा ७५ जना सदस्य रहेकोमा ५५ जना उपस्थित रहेको लेखा आयोगका अध्यक्ष पेशलकुमार खतिवडाले जानकारी दिए । तीमध्ये ४० जनाले आ–आफ्ना विचार राखेका थिए । खतिवडाका अनुसार अधिकांशले नेतृत्वको कारण पार्टी कमजोर भएकाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै थिति बसाल्नुपर्ने बताएका थिए ।
‘पार्टी नेतृत्वबाट नै बिग्रिएको छ, रूपान्तरण अनिवार्य छ । कार्यकर्तामा व्यापक निराशा छ । व्यवस्थापन अहिलेको ठुलो समस्या हो । जनतासँग नेतृत्व जोडिने कुरा अहिले पनि पुगेको छैन’, रातोपाटीसँग उनले भने, ‘नेतृत्वको विकल्प खोज्नुपर्ने जनार्दन शर्मा ‘प्रभाकर’को तर्क सान्दर्भिक नै छ । तर अहिले नै विकल्प खोज्नेगरी प्रस्ताव ल्याएको भनेर उहाँले भन्नुभएको छैन । पार्टी प्रचण्डबाट नै बिग्रिएकाले उहाँले नै बनाउने पहल गर्नुपर्छ भन्ने अधिकांशको मत आएको छ ।’
बैठकको सुरुमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएका समस्या, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र भावी योजनाबारे ब्रिफिङ गरेका थिए । बैठक उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बुधबार सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण