लिट्मस केबल्सको वायरिङ दमदार, घर शानदार अफर
काठमाडौँ । लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ ।
यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा ह्वाट्स एप गरी पठाउनु पर्ने कम्पनीले जनाएको छ ।
यसका साथै, बम्पर लक्की ड्र मार्फत सहभागीहरूले टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्ने छन् ।
यो योजना भदौ १५ देखि असोज ३० सम्म लागु हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण