मन्त्री गुरुङले आईजीपीसँग माफी माग्नुपर्छ : पूर्वसुरक्षाकर्मी परिषद्
काठमाडौँ । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आईजीपीसँग माफी माग्नुपर्ने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चारमन्त्रीले ‘प्रहरी महानिरीक्षक (आईजीपी)को जिब्रो थुत्नुपर्ने’ भनेर दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र क्षमायाचना गर्नुपर्ने उल्लेख गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘माननीय मन्त्रीज्यूको अभिव्यक्तिले देश र जनताको शान्ति सुरक्षा र अमन चयन कायम राख्न अहोरात्र खट्टिने सशक्त एवं गरिमामय संगठनको तेजोबध गर्न चाहेको जस्तो आभास भएकाले मन्त्री स्वयं र सरकारप्रति नै आशंका, असन्तुष्टि साथै अन्योल पैदा गरेको हुँदा माननीय मन्त्रीज्यूले तत्काल उक्त भनाइलाई फिर्ता लिई नेपाल प्रहरी संगठन एवं प्रहरी महानिरीक्षकज्यू समक्ष क्षमायाचना गरी आगामी दिनमा कुनै पनि बहालवाला तथा पूर्व सुरक्षाकर्मीहरूप्रति लक्षित गरी यस्ता अमर्यादित असंवेदनशील, अशोभनीय एवं आपत्तिजनक शब्दावलीको प्रयोगद्वारा टीकाटिप्पणी नगर्न विशेष आग्रह गर्दछ ।’
परिषद्ले मन्त्री गुरुङलाई आवश्यक कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण