काठमाडौँ महानगरले पनि गर्यो पलेशालाई सम्मान
बुधबार, १९ भदौ २०८१, १० : ५४
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पनि सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा सम्मान थापेलगत्तै उनी महानगर कार्यालय पुगेकी हुन् ।
यसअघि राखेपमा उनको भव्य स्वागत गरिएको थियो । सो क्रममा उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारीहरुले सम्मान गरेका थिए ।
आजै उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइएको थियो।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण