रुसी आक्रमणमा परेर युक्रेनमा २ जनाको गयो ज्यान
किभ । युक्रेनको पश्चिमी सहर लभिभमा बुधबार भएको ताजा हवाई हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ । क्षेत्रीय गभर्नर माक्स्योम कोजेस्त्स्कीका अनुसार यो घटनामा सहरमा अन्य २० भन्दा धेरै घाइते भएका छन् । हमलामा कयौँ अवासीय भवनहरूमा आगो लागेको नगरका मेयर एन्द्रेई सादोभीले भनेका छन् । आक्रमणका कारण बुधबार २ वटा विद्यालय बन्द गरिएको पनि उनले बताए ।
बुधबार हवाई रक्षा बलले रुसी मिसाइलहरू खसाल्ने प्रयास गरिरहँदा बिहान राजधानी किभमा समेत विस्फोट सुनिएका थिए । यतिबेला सारा देशलाई हवाई अलर्टमा राखिएको युक्रेनी सेनाले भनेको छ । रुसी आक्रमणमा परेर पोल्टाभा सहरमा ५१ जनाको मृत्यु भएको भोलिपल्ट यी आक्रमण भएका हुन् ।
मंगलबारको आक्रमणमा परेर सैन्य संस्थाको भवनमुनि पुरिएकाहरूको खोजीकार्य बुधबार पनि उद्धारकर्मीहरूले जारी राखेका छन् । हवाई हमला भएको अलार्म बजेपछि मानिसहरूले सुरक्षित स्थलमा जाने पर्याप्त समय समेत नपाएको युक्रेनी रक्षा मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण