सलमानले सुरु गरे बिग बोस १८ को शुटिङ
नयाँ दिल्ली । भारतीय टिभीको चर्चित रियालिटी शो बिग बोसको १८औँ सिजन चाँडै आउँदै छ । हरेक वर्ष दर्शकहरूले व्यग्रताको साथमा यो शोलाई कुर्ने गरेका छन् । सलमान खानले बिग बोस होस्ट गर्दा दर्शकहरूको उत्साह दोब्बर हुन्छ । यसैबिच बिग बोस १८ बारे नयाँ अपडेट आएको छ । मडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सलमान खानले बिग बोस १८ को प्रोमोको सुटिङ सुरु गरिसकेका छन् । केही दिनमै बिग बोस १८ को नयाँ प्रोमो जारी हुने बताइएको छ ।
शोमा सहभागी हुने प्रतियोगीहरूको सुची पनि सार्वजनिक भएको छ । अङ्ग्रेजी वेबसाइट सियासतका अनुसार बिग बोस १८ मा टिभीदेखि बलिउड र सामाजिक सञ्जालसम्मका प्रभावशाली व्यक्तिहरू देखिने भएका छन् । बिग बोस १८ का सम्भावित प्रतियोगीहरूमा टिभी अभिनेता धीरज धुपार, अभिनेत्री अनिता हसनंदानी, गायक तथा अभिनेता सुधांशु पाण्डे, टिभी अभिनेता शाहीर शेख, टिभी अभिनेत्री सुरभि ज्योति, अभिनेत्री समीरा रेड्डी छिन् । स्त्री २ मा शरकटाको भूमिका निभाएर चर्चामा आएका सुनील कुमारको नाम पनि बाहिरिएको छ ।
यसबाहेक अञ्जली आनन्द, चाहत पाण्डे, अलिशा पनवार र रीम शेख पनि सम्भावित प्रतियोगी हुन सक्ने बताइएको छ । केही खबरका अनुसार बिग बोस १६ बाट चर्चामा आएका अब्दु रोजिकलाई पनि बिग बोस १८ मा देख्न सकिन्छ । तर, यस पटक उनी प्रतियोगीका रूपमा नभई विशेष खण्डमा सलमान खानको सह–होस्टको रूपमा सामेल हुनेछन् । यो खबरको रोजिकले पनि पुस्टी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण