नेपाली क्रिकेट टोलीको श्रीलङ्का भ्रमण : दोस्रो अभ्यास खेल पनि वर्षाका कारण रद्द
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्वक्वाडबिच बुधवार खेलिने भनिएको दोस्रो एकदिवसीय अभ्यास खेल पनि खराब मौसमका कारण रद्द भएको छ । लगातारको वर्षाका कारण खेल रद्द भएको हो ।
यसअघि मङ्गलवार हुने भनिएको नेपाली टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वाडबिचको पहिलो एकदिवसीय खेल पनि वर्षाका कारण रद्द भएको थियो । हाल नेपाली राष्ट्रिय टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा श्रीलङ्का भ्रमणमा रहेको छ ।
श्रीलङ्का भ्रमणका क्रममा नेपालले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय खेल्ने कार्यक्रम रहेको थियो । अब तेस्रो खेल शुक्रबार खेलिने छ । क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।
नेपाली टोलीले लामो समयदेखि एकदिवसीय ढाँचाको प्रतियोगिता खेलेको छैन । यसबिचमा नेपाली टोलीले टी–२० ढाँचाको प्रतियोगिता बढी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण