महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच भेट
बुधबार, १९ भदौ २०८१, १३ : ४१

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच बुधवार बिहान भेटघाट भएको छ ।
भेटमा महासचिव विप्लव र क्युबाका कार्यवाहक राजदूत अबेल अबेलाले साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरेका थिए ।
साथै भेट वार्तामा नेपाली क्रान्तिका लागि क्युबा र नेपालबिच महत्त्वपूर्ण समन्वय आवश्यक रहेको बताइएको थियो ।
भेटमा क्युबाका शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, नेकपाका केन्द्रीय सदस्य प्रकाश शाही लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा ठुलो माछा, केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?