महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच भेट
बुधबार, १९ भदौ २०८१, १३ : ४१
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच बुधवार बिहान भेटघाट भएको छ ।
भेटमा महासचिव विप्लव र क्युबाका कार्यवाहक राजदूत अबेल अबेलाले साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरेका थिए ।
साथै भेट वार्तामा नेपाली क्रान्तिका लागि क्युबा र नेपालबिच महत्त्वपूर्ण समन्वय आवश्यक रहेको बताइएको थियो ।
भेटमा क्युबाका शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, नेकपाका केन्द्रीय सदस्य प्रकाश शाही लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण