दुई अर्ब बढीको कृषि उपजका बीउ आयात
बुधबार, १९ भदौ २०८१, १५ : ०५
काठमाडौँ । नेपालले एक महिनामा २ अर्ब १५ करोड रुपैयाँको कृषि उत्पादनको बीउ आयात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १५ करोड १५ लाख ९२ हजार रुपैयाँको बीउ आयात गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ हजार ५ सय ८३ मेट्रिक टन बीउ आयात भएको हो । टमाटर, सूर्यमुखी, उखु, प्याज, विभिन्न सजावटका फूल, तरकारी र विभिन्न खाद्यान्न बाली लगायतका बीउ आयात गरिएको हो ।
यी कृषि उपजको बीउ भारत, चीन, पाकिस्तान, टर्की, कोरिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।
पछिल्लो पटक किसानले रैथाने बीउभन्दा आयात हाइब्रिड बीउ रुचाउन थालेका छन् । यसकारण बर्षेनी अर्बको कृषि उपजको बीउ आयात हुँदै आएको छ ।
गतवर्ष मात्रै २१ अर्ब ७७ करोड रुपैयाँको कृषिजन्य वस्तुको बीउ आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण