दुई अर्ब बढीको कृषि उपजका बीउ आयात
बुधबार, १९ भदौ २०८१, १५ : ०५

काठमाडौँ । नेपालले एक महिनामा २ अर्ब १५ करोड रुपैयाँको कृषि उत्पादनको बीउ आयात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १५ करोड १५ लाख ९२ हजार रुपैयाँको बीउ आयात गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ हजार ५ सय ८३ मेट्रिक टन बीउ आयात भएको हो । टमाटर, सूर्यमुखी, उखु, प्याज, विभिन्न सजावटका फूल, तरकारी र विभिन्न खाद्यान्न बाली लगायतका बीउ आयात गरिएको हो ।
यी कृषि उपजको बीउ भारत, चीन, पाकिस्तान, टर्की, कोरिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।
पछिल्लो पटक किसानले रैथाने बीउभन्दा आयात हाइब्रिड बीउ रुचाउन थालेका छन् । यसकारण बर्षेनी अर्बको कृषि उपजको बीउ आयात हुँदै आएको छ ।
गतवर्ष मात्रै २१ अर्ब ७७ करोड रुपैयाँको कृषिजन्य वस्तुको बीउ आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा