फष्टलुक्समा यस्तो देखियो दयाहाङ र सिर्जनाको ‘कार्साङ्’
काठमाडौँ । फिल्म ‘कार्साङ्’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक्सको रुपमा एक पोस्टर सार्वजनिक गरेको हो । जसमा फिल्मको रिलिज मिति आगामी पुस २६ गते बताइएको छ ।
सार्वजनिक फष्टलुक्समा चलचित्रका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको फर्किएको अनुमान गर्न सकिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुहारले झल्काउछ । छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छिन् । उनी रोइरहेकी छन् ।
पृष्ठभूमिमा दुई वटा घर छन् । माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने यी घर र पात्रको पहिरनले बताएको छ । घरको माथिल्लो भागमा बाँसमा झुन्डाएको केही झुत्ता मकैले उनीहरूको कमजोर आर्थिक अवस्था सङ्केत गर्छ ।
यम शेर्पा निर्देशित फिल्मको अघिल्लो साता छायाङ्कन सकिएको थियो । फिल्म अहिले सम्पादनमा छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायाङ्कन भएको फिल्म यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको हो ।
फिल्ममा दयाहाङ र सिर्जनाको अलवा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । बालकालकारमा राशि लिम्बू र सोहन थापाको समेत अभिनय फिल्ममा देख्न सकिनछ । फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी निर्माता पनि हुन् ।
गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् । मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् सङ्गीतकार विश्व दोङ संगीत रहने फिल्ममा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण