कतार पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
बुधबार, १९ भदौ २०८१, १७ : ३५
काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय सुवास आले मगरलाई प्रहरी पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आले मगरले पीडितसँग १ लाख रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखेका थिए । उनलाई विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितले जाहेरी दरखास्त दिएका थिए ।
ओखलढुंगा घर भएका मगरलाई प्रहरीले काठमाडौँ महानगरपालिका-३ महाराजगन्जबाट मंगलबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण