अछाममा जिप दुर्घटना हुँदा अखिल क्रान्तिकारीका ८ जना घाइते
बुधबार, १९ भदौ २०८१, १९ : १२

सुर्खेत । अछाममा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरू चढेको जिप दुर्घटना भएको छ । अछाम प्रहरीका अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर साँफेबगरको मटेना भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जना विद्यार्थीहरू घाइते भएका छन् । घाइते विद्यार्थीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी, प्रहरी निरीक्षक जय पार्कीले रातोपाटीलाई जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश ०१००१ ज. १२३८ नम्बरको जिप साफेबाट सदरमुकाम मंगलसैन जाँदै थियो । जिप अनियन्त्रित भई नालामा पल्टिएको उनले बताए ।
जिपका चालक डडेल्धुराको नवदुर्गा गाउँपालिकाका लक्ष्मण साउँद प्रहरीको नियन्त्रणमा रहेको पार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय