अछाममा जिप दुर्घटना हुँदा अखिल क्रान्तिकारीका ८ जना घाइते
बुधबार, १९ भदौ २०८१, १९ : १२
सुर्खेत । अछाममा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरू चढेको जिप दुर्घटना भएको छ । अछाम प्रहरीका अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर साँफेबगरको मटेना भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जना विद्यार्थीहरू घाइते भएका छन् । घाइते विद्यार्थीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी, प्रहरी निरीक्षक जय पार्कीले रातोपाटीलाई जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश ०१००१ ज. १२३८ नम्बरको जिप साफेबाट सदरमुकाम मंगलसैन जाँदै थियो । जिप अनियन्त्रित भई नालामा पल्टिएको उनले बताए ।
जिपका चालक डडेल्धुराको नवदुर्गा गाउँपालिकाका लक्ष्मण साउँद प्रहरीको नियन्त्रणमा रहेको पार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण