राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको अमेरिकाको आरोप
वासिङ्टन । अमेरिकाले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ । आरोपसँगै रुसी सरकारी सञ्चारमाध्यमका थुप्रै अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको हो ।
रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठुलो मात्रामा अभियान चलाएको आरोप अमेरिकाले लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रुसको राज्यद्वारा सञ्चालित मिडिया आरटी (पहिले रुस टुडे) ले टेनेसीको एक फर्मलाई ‘अमेरिकी दर्शकहरूका लागि रुसी सन्देशहरू उत्पादन गर्न र प्रसारण गर्न’ भनेर १ करोड अमेरिकी डलर प्रदान गरेको दाबी गरेका छन्। गारल्याण्डका अनुसार मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बिचको चुनावमा ‘आफू अनुकूल नतिजा’ चाहन्छ।
प्रतिबन्ध लगाइएका १० जना अधिकारीहरूमा आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि समावेश छ। अमेरिकाले भनेको छ, ‘हाम्रा संस्थाहरूप्रति जनताको विश्वासमा आँच पुर्याउने प्रयास भइरहेको छ ।’ आरटीले भने आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको योजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण