सुगर ब्यान्डिट्सबाट बाहिरिए विल स्मिथ
लस एञ्जलस । हलिउड क्राइम थ्रिलर ‘सुगर ब्यान्डिट्स’ घोषणा भएयता नै चर्चामा छ । फिल्म चक होगनको उपन्यास ‘डेभिल्स इन एक्जाइल’ मा आधारित हुनेछ । केही अघिमात्रै हलिउड अभिनेता विल स्मिथ यो फिल्मको हिस्सा हुने खबर आएको थियो । फिल्ममा स्मिथलाई हेर्न उत्सुक उनका फ्यानहरूलाई झट्का लागेको छ । खबरका अनुसार स्मिथले फिल्ममा काम गर्न अस्वीकार गरेका छन् ।
रिपोर्टका अनुसार, समय तालिकामा समस्याका कारण स्मिथले सुगर ब्यान्डिट्समा अभिनय नगर्ने भएका छन् । तर उनी आफ्नो कम्पनी वेस्टब्रुक स्टुडियोमार्फत फिल्मको निर्माताका रुपमा भने रहनेछन् । वेस्टब्रुकले एजीसी स्टुडियोसँग मिलेर फिल्म निर्माण गर्दैछ । स्मिथले फिल्ममा काम गर्न नमानेपछि फिल्मको कास्टिङ प्रक्रिया सुरु भएको छ ।
सुगर ब्यान्डिट्सको निर्देशन सिकारिओः डे अफ द सोलाडो र गोमोरा जस्ता फिल्मका निर्देशक स्टेफानो सोलिमाले गर्ने भएका छन् । फिल्म झन्डै आठ करोड अमेरिकी डलर बजेटमा बन्न लागेको छ । ब्याड ब्वाईजः राइड ओर डाईको सफलता पछि स्मिथले सुगर ब्यान्डिट्समा एक पूर्व विशेष बलको सिपाहीको रूपमा अभिनय गर्न तयार थिए ।
२०२५ मा फ्लोरमा जानेछ फिल्म
सुगर ब्यान्डिट्सको छायाङ्कन यसअघि यो वर्षको सुरु हुने तय भएको थियो । प्रि प्रडक्सनको काम तीव्र भएपछि र फिल्मका सम्भावित कलाकारहरूको खोजी सुरु गरिएको थियो ।
बोस्टन र मोन्ट्रियलमा सुटिङ स्थानहरू पनि चयन भइसकेको थियो । तर, स्मिथको व्यस्तताका कारण फिल्म रोकियो । मेकरहरूले स्मिथको ठाउँमा अर्को अभिनेताको खोजी गरिरहेका छन् । नयाँ अभिनेता भेटिएपछि आगामी वर्ष फिल्मको छायाङ्कन थालिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण