भारत र सिंगापुरबिच चार सम्झौतामा हस्ताक्षर
सिंगापुर । भारत र सिङ्गापुरले चारवटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणको क्रममा दुई देशबिच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायत चार सम्झौतामा हस्ताक्षर भएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समा सोको जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि सम्झौता भएको छ ।
सिंगापुर भ्रमणमा रहेका मोदी बिहीबार सिंगापुरको संसद् भवन पनि पुगेका थिए । मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङसँग पनि भेट गरे । त्यसपछि दुई देशबिच द्विपक्षीय वार्ता भयो अनि सम्झौतामा हस्ताक्षर पनि भयो । सेप्टेम्बर ४ मा सिंगापुर पुग्नुअघि मोदी । ब्रुनई गएका थिए । ब्रुनईको भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण