समाजवाद उन्मुख नभईकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभईकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताए । उनले पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताए । उनले समाजवादको आंशिक पक्षहरूको कार्यान्वयन गर्दै त्यसलाई विस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताए ।
उनले भने, ‘ नेपालका कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मूलभूत रूपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरू कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रूपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन