संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्छु : मन्त्री गुप्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताएका हुन् ।
समितिमा बिहीबारदेखि विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । बैठकमा बोल्दै उनले विधेयकमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताए । उनले यस विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन समिति समक्ष आग्रह गरे ।
मन्त्री गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रोकेको भन्दै एक सांसदले प्रश्न उठाएका थिए । सो प्रश्नको जवाफ दिँदै काफ्लेले मन्त्रालयसँग समन्वय तथा सम्पर्क नगरेकाले बाध्य भएर भ्रमण रद्द गर्नु परेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण