निर्माणाधीन संसद् भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैन : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
_LyvcNODlPA.jpg)
बिहीबार निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरू सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे । उनले अझै डेढ वर्षभन्दा अगाडि नयाँ संसद् भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे । निर्माणका लागि कुनै जटिलताहरू भए सरकारसँग छलफल गरी समाधान गर्न पनि उनले आग्रह गरे ।
_P1bgxGTOai.jpg)
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताए । उनले भवनहरूमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताए । उनले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरू अघि बढिरहेको जानकारी दिए । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको उनले जानकारी दिए ।
_QYrKtvLJiV.jpg)
महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म सुरु नभएको बताए । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको उनले बताए ।
_5d4Dw4M5OR.jpg)
_LaGDaTZf0I.jpg)
_brqLsFmGTR.jpg)
_1gUwXwQGMr.jpg)
_aBqc0eqtcX.jpg)
_bTigUz2cNb.jpg)
_3nr0IJj3Ho.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण