नेपाली क्रिकेट टोलीको श्रीलंका भ्रमण : तेस्रो अभ्यास खेल आज
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंका डेभलपमेन्ट स्क्वाडबिच तेस्रो एकदिवसीय अभ्यास खेल शुक्रबार खेलिँदैछ । लगातारको वर्षाका कारण यसअघि मंगलबार र बुधबार खेल्ने भनिएको क्रमशः पहिलो र दोस्रो खेल रद्द भएको थियो । तेस्रो एकदिवसीय खेल विहान १०ः१५ बजे सुरु हुनेछ ।
हाल नेपाली राष्ट्रिय टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंका भ्रमणका क्रममा नेपालले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय खेल्ने कार्यक्रम रहेको थियो ।
क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । नेपाली टोलीले लामो समयदेखि एकदिवसीय ढाँचाको प्रतियोगिता खेलेको छैन । यसबिचमा नेपाली टोलीले टी–२० ढाँचाको प्रतियोगिता बढी खेलेको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिलकुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण