फस्टलुकमा यस्तो देखियो प्रकाश सपुतको ‘वसन्त’

काठमाडौँ । फिल्म ‘वसन्त’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रकाश सपुतको निर्देशन रहने फिल्मको फस्टलुक पोस्टर हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको हो ।
पोस्टरमा फिल्मका प्रमुख ५ कलाकारको चरित्र चित्रण छ । कलाकारलाई विद्यार्थीको पोसाकमा देखाइएको छ । पोस्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ । फिल्मको निर्माण कम्पनी गलबन्दी प्रोडक्सन हो ।
कथा र सङ्गीत समेत सपुतकै रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली हुन् । केही अगाडि बागलुङकै कालिका मन्दिरमा शुभसाइत गरिएको फिल्मको छायाङ्कन शनिबारबाट सुरु हुने बताइन्छ । फिल्मको प्रदर्शन आगामी चैत २२ गते तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना