फुङलिङमा बन्द र अवरोध निषेध
फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको ४५ औँ कार्यपालिकाको बैठकले आज पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने निर्णय लिएको हो । नगरपालिकाका अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागू हुनेछ ।
नगरप्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरे । उनले नगरपालिकाले सुरक्षा निकायहरूसँग सहकार्य गरेर कुनै पनि दलवा समूहले बन्दको आह्वान नगर्न नपाउने व्यवस्था मिलाइएको जानकारी दिए ।
नेपालीको महान् चाडपर्व नजिकिँदै गर्दा फुङलिङ नगरपालिकाले यस निर्णयमार्फत जिल्लामा शान्ति, सुरक्षा, र धार्मिक पर्यटकको सहज यात्रा गर्न नगरपालिकाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण