२७ वर्षदेखि हराइरहेका यी चर्चित बलिउड अभिनेता
मुम्बई । कर्ज, अर्थ, घर एक मन्दिर जस्ता दर्जनौं हिट फिल्ममा अभिनय गरेका राज किरण ८० र ९० को दशकका चर्चित अभिनेता थिए । तर, सन् १९९७ मा एक दिन उनी अचानक बेपत्ता भए ।
ऋषि कपुर र दिप्ती नवल लगायत धेरै सेलिब्रेटीले उनलाई खोज्ने कोसिस गरे तर सबै असफल भए । केही वर्ष पहिले उनी एटलान्टामा मानसिक अस्पतालमा रहेको खबरहरु आएका पनि थिए । तर यो कहिल्यै पुष्टि हुन सकेन। अब अभिनेत्री सोमी अलीले उनलाई फेला पार्नेलाई पुरस्कार दिने घोषणा गरेकी छन् । अभिनेत्रीले आफूले ऋषि कपूरलाई राज किरणको खोजी कहिल्यै नरोक्ने वाचा गरेको बताएकी छन् ।
सोमी अलीले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट राज किरणका धेरै तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘साथीहरू, यदि तपाईंमध्ये कसैले उहाँलाई फेला पार्नुहुन्छ भने त्यसको लागि पुरस्कार पनि छ । यो धोखाधडी होइन। मैले ऋषि कपूरलाई वाचा गरेकी थिएँ कि म राजकिरणजीको खोजी गर्न कहिल्यै छोड्ने छैन। मैले उहाँलाई खोज्नको लागि २० वर्ष बिताएँ। म आफ्नै खर्चमा धेरै राज्यमा गएकी छु। एक समय मैले मेरी आमाबाट उधारो पनि लिएँ, ताकि चिन्टु जी (ऋषि कपूर) को आत्माले शान्ति पाओस् र म मेरो वाचा पूरा गर्न सकूँ।’
अभिनेत्रीले थप लेखेकी छिन्, ‘चिन्टुजी र अन्य अभिनेत्रीले पनि उहाँलाई खोज्ने प्रयास गरे तर भेटिएनन् । उहाँको बारेमा कसैलाई जानकारी छ भने मलाई म्यासेज गर्नुहोला । म केवल जान्न चाहन्छु कि उहाँ ठीक हुनुहुन्छ । मैले विगत १७ वर्षदेखि आफ्नो संस्था सञ्चालन गर्दै आएको छु । म कहिल्यै हिम्मत हार्दिनँ। म केवल उहाँ ठिक हुनुहुन्छ भनेर जान्न चाहन्छु। अब हामी सबैको चाहना यही हो, मैले मेरो वाचा पूरा गर्नुपर्छ।’
राज किरण, ५ फेब्रुअरी १९४९ मा जन्मेका भारतीय अभिनेता हुन् । उनले बीआर इशारा को कागज की नाव (१९७५) बाट बलिउडमा डेब्यू गरेका थिए । उनले ९० को दशकको मध्यसम्म १०० फिल्ममा अभिनय गरेका थिए । त्यसपछि उनी अचानक बेपत्ता भए । उनी अमेरिकामा गुमनाम जीवन बिताइरहेका थिए भन्ने खबर आएको थियो । सन् २०११ यता उनको कुनै खबर आएको छैन ।
दीप्ती नवलले फेसबुक पोस्टमार्फत राजकिरणको खोजी सुरु गरेकी थिइन् । दीप्तीले आफ्नो पोस्टमा राज न्युयोर्कमा रहेको संकेत गरेकी थिइन् । यसपछि सन् २०११ मा ऋषि कपूर राज किरणको खोजीमा न्यूयोर्क पुगेका थिए । राजका भाइलाई सम्पर्क गर्दा उनी एटलान्टाको मानसिक अस्पतालमा रहेको जानकारी पाए । उनी राजकिरणसँग कुरा गर्न चाहन्थे, यद्यपि उनका भाइहरूले मानेनन्।
पछि राजकिरणको परिवारले पनि उनको खोजी गरिरहेको खबर आएको थियो । जसका लागि उनीहरूले धेरै निजी जासूसहरूलाई काममा राखेको समाचारहरु प्रकाशित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना