खोकना पुगेर प्रचण्डले के भने ?
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवा: मण्डलकै प्राचीन मौलिक बस्ती खोकना पृथक् सांस्कृतिक पहिचान सहित स्थापित रहेको बताएका छन् । शनिवार ललितपुरको खोकनामा १ वर्षसम्म चलेको १२ वर्षे रुद्रायणी मेला समापनका अवसरमा बोल्दै प्रचण्डले नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक रहेको बताए ।
उनले भने– ‘नेवारहरूको आफ्नै मौलिक संस्कृति छ, भाषा परम्परा त्यसभित्र पनि खोकना अझै मौलिक र विशिष्ट रहेको छ । नेवा परम्परा अनुसार यहाँहरूले रुद्रायणी देवीको र सिकाली जात्रालाई विशेष रूपमा मनाउनुभएको छ । देशभर नै फरक पहिचानका साथ १२ वर्षे मेला गर्दै आउनुभएको छ । पुरानो गणराज्यको झल्को दिने गरी जसरी यहाँहरूले आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक सम्पदालाई मौलिक रूपमा जोगाइराख्नका लागि सफल हुनुभएको छ । नेवा: सभ्यता संरक्षणमा यो महत्त्वपूर्ण छ नै । यसका साथै समग्र देशकै सांस्कृतिक सम्पदा संरक्षणका लागि पनि यसको महत्त्वपूर्ण योगदान रहेको छ ।’
प्रचण्डले खोकनामा आदिम साम्यवादबाट सो परम्परा सुरु भएको हुनसक्ने र अब बिस्तारै बिस्तारै आउने साम्यवादसम्म पुग्ने अपेक्षा गरेको बताए । उनले खोकना भुटेको तोरीको तेलका लागि पहिलेदेखि नै प्रसिद्ध रहेको,पहिलोपटक बिजुली बलेको ठाउँको रूपमा प्रसिद्ध रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण