राष्ट्रवाद कोरा र सङ्कीर्ण हुनुहुँदैन : केपी ओली
शनिबार, २२ भदौ २०८१, १५ : २८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद कोरा र सङ्कीर्ण हुन नहुने बताएका छन् । शनिवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मात्रै राष्ट्रलाई फाइदा होस र अर्कोलाई जस्तोसुकै होस भन्ने राष्ट्रवाद हुन नहुने बताए ।
उनले भने– ‘कवि शिरोमणिले भनेझैँ मैँ खाऊँ, मै लाऊँ अरू सब मरुन् दुर्बलहरू भन्ने किसिमको राष्ट्रवाद हुनुहुँदैन । राष्ट्रवाद भन्ने बित्तिकै त्यहाँ न्याय चाहिन्छ । न्याय सहितको राष्ट्रवाद हुनुपर्दछ । अन्तर्राष्ट्रिय दायित्व सहितको राष्ट्रवाद हुनुपर्छ ।’
उनले अरू पनि राष्ट्र छन्, अरू पनि जिउँदै छन्, अरूका पनि भावना छन् भन्ने नबुझ्ने हो भने त्यो राष्ट्रवाद सङ्कीर्ण राष्ट्रवाद हुने र त्यस अन्यायपूर्ण राष्ट्रवाद मानिने बताए । ओलीले समानताको आधारमा राष्ट्रवाद हुनुपर्ने नेपाली भावना रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण