राइस र ग्रिलिसको गोलमा इंग्ल्याण्ड विजयी
काठमाडौँ । युईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो ।
इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए । इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो ।
खेलको ११ औँ मिनेटमा राइसले गोल गर्दैै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए ।
त्यसपछि निर्धारित समयभित्र थप गोल नभएपछि जर्मनी २–० को जीत दर्ता गर्न सफल भयो ।
यही समूहमा रहेको ग्रिकले फिनल्याण्डमाथि ३–० को जीत दर्ता गरेको छ । ग्रीकका फोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।
२३ औँ मिनेटमा इओनिडिसले गोल गर्दै ग्रिकलाई अग्रता दिलाए । ३७ औँ मिनेटमा फिनल्याण्डका बेन्जामिन कलमनले आफ्नै पोस्टमा गोल गरेपछि ग्रिकको अग्रता दोब्बर भयो ।
७६ औँ मिनेटमा इओनिडिसले व्यक्तिगत दोस्रो गोल गरेपछि ग्रिक ३–० को सहज जित निकाल्न सफल भयो । समूह २ मा ग्रीकले ३ अङ्क जोड्दै आफूलाई शीर्ष स्थानमा राख्दा समान अङ्क रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।
आयरल्याण्ड र फिनल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । यी टिमले भने अङ्कको खाता खोलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण