बलिउड निर्देशक कश्यपले भने, ‘नेपाली फिल्म निर्माणमा सघाउन तयार छु’
आइतबार, २३ भदौ २०८१, ०९ : १४
काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्म निर्माणमा सघाउन आफू तयार रहेको बताएका छन् । नेपाली फिल्म ‘शाम्बाला’को आइतबार हुने प्रिमियरमा सहभागी हुन शनिबार काठमाडौँ आएका उनले नेपाली फिल्म पनि हिन्दी भन्दा उत्कृष्ट बन्न थालेको धारणा राखे ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन निर्देशक मीन भामसहितको टोली पुगेको थियो । कश्यपले एक पटक यस अगाडि पनि आफू पशुपति दर्शन गर्न आएको बताए ।
कश्यपले यो पटकको नेपाल भ्रमणमा नेपाली परिकार बुझ्ने, संसारकै प्रसिद्ध न्यूरो डाक्टर यामबहादुर रोकालाई भेट्ने योजना रहेको बताए । नेपाली फिल्म प्रेमगीत र कालोपोथी हेरेको बताएका उनले नेपाली फिल्म मेकरसँग सहकार्य गर्ने आफ्नो योजना रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण