बलिउड निर्देशक कश्यपले भने, ‘नेपाली फिल्म निर्माणमा सघाउन तयार छु’
आइतबार, २३ भदौ २०८१, ०९ : १४

काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्म निर्माणमा सघाउन आफू तयार रहेको बताएका छन् । नेपाली फिल्म ‘शाम्बाला’को आइतबार हुने प्रिमियरमा सहभागी हुन शनिबार काठमाडौँ आएका उनले नेपाली फिल्म पनि हिन्दी भन्दा उत्कृष्ट बन्न थालेको धारणा राखे ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन निर्देशक मीन भामसहितको टोली पुगेको थियो । कश्यपले एक पटक यस अगाडि पनि आफू पशुपति दर्शन गर्न आएको बताए ।
कश्यपले यो पटकको नेपाल भ्रमणमा नेपाली परिकार बुझ्ने, संसारकै प्रसिद्ध न्यूरो डाक्टर यामबहादुर रोकालाई भेट्ने योजना रहेको बताए । नेपाली फिल्म प्रेमगीत र कालोपोथी हेरेको बताएका उनले नेपाली फिल्म मेकरसँग सहकार्य गर्ने आफ्नो योजना रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य