लखनउमा भवन दुर्घटनामा मर्नेको सङ्ख्या आठ पुग्यो
आइतबार, २३ भदौ २०८१, १० : ४८
नयाँ दिल्ली । उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किँदा ठुलो दुर्घटना भएको थियो । अहिलेसम्म यस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ ।
यस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ । कार्यालयले मृतक र घाइतेको नाम पनि सार्वजनिक गरेको छ । उद्दार कार्य जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको बताइएको छ ।
एनडीआरएफ, एसडीआरएफ, फायर सर्भिस, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग, ती सबै राहत र उद्धारमा संलग्न रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण