थर्ड अम्पायर बिना नै खेलाइएको थियो अस्ट्रेलिया–स्कटल्यान्ड टी–२० अन्तर्राष्ट्रिय !
काठमाडौँ । अस्ट्रेलिया र स्कटल्यान्डबिचको तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला सकिएको छ । अस्ट्रेलियाले तीन खेलको शृंखला ३–० ले जित्यो । पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई सात विकेटले हराएको थियो ।
यसैगरी, दोस्रो खेलमा अस्ट्रेलिया ७० रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेलमा पनि अस्ट्रेलियाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो । तर, अस्ट्रेलिया र स्कटल्यान्डबिचको दोस्रो टी–२० खेल अहिले निकै चर्चाको विषय बनेको छ ।
दोस्रो खेलमा क्रिकेटको नियमको उल्लंघन भएको भन्दै सामाजिक सञ्जालमा पनि ब्यापक आलोचना भइरहेको छ । अस्ट्रेलिया र स्कटल्यान्डबिचको दोस्रो खेलमा थर्ड अम्पायर नियुक्त गरिएको थिएन । थर्ड अम्पायर बिना नै उक्त खेल खेलाइएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले थर्ड अम्पायरको नियम लागू गरेयता पहिलो पटक कुनै पनि खेल थर्ड अम्पायर बिना नै खेलाइएको थियो । त्यसैले यो खेलको विषयलाई लिएर आलोचना सुरु भएको हो ।
टेस्ट खेल्ने राष्ट्र सम्मिलित प्रतियोगितामा समेत थर्ड अम्पायरको नियमलाई बेवास्ता गरिएको भन्दै उक्त शृंखलाको विरोध भएको हो । थर्ड अम्पायरको अनुपस्थितिमा एउटा गलत निर्णय भएको प्रश्न पनि उठाइएको छ ।
खासमा, दोस्रो टी–२० मा अस्ट्रेलियनले पहिले ब्याटिङ गरेको थियो । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ज्याक फ्रेजर म्याकगर्क स्टम्पिङ भएका थिए । स्कटल्यान्डका खेलाडीले स्टम्पिङ आउटको अपिल पनि गरे । तर, थर्ड अम्पायरको अनुपस्थितिमा यसको ठोस निर्णय आउन सकेन ।
अस्ट्रेलियन ब्याट्सम्यान म्याकगर्कलाई स्कटल्यान्डका बलर ब्रान्डन म्याकमुलेनको बलमा विकेटकिपर चार्ली टियरले स्टम्पिङ गरेका थिए । तर, त्यो खेलमा थर्ड अम्पायर नभएका कारण स्कटल्यान्डका खेलाडीको अपिललाई खारिज गरिएको थियो । यद्दपि, त्यसको केही समयपछि नै म्याकगर्क १६ रन बनाउँदै आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण