प्रहरी प्रवक्ता कार्कीले गीतमा पोखे प्रहरीको पीडा
-(1).00_05_47_03.still001_x8H6fAJEwO.jpg)
काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना मुखरित गीतमा दीपक शर्माले सङ्गीत दिएका छन् ।
गीतमा राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर छ । गीतको भिडियोमा कलाकार रमेश उप्रेती, प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेल प्रहरीको भूमिकामा देखिएका छन् ।
गीतको भिडियो निर्देशक गम्भीर बिष्टले गरेका हुन् । गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन छ ।
‘यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ, गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्,’ ‘यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?