प्रहरी प्रवक्ता कार्कीले गीतमा पोखे प्रहरीको पीडा
काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना मुखरित गीतमा दीपक शर्माले सङ्गीत दिएका छन् ।
गीतमा राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर छ । गीतको भिडियोमा कलाकार रमेश उप्रेती, प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेल प्रहरीको भूमिकामा देखिएका छन् ।
गीतको भिडियो निर्देशक गम्भीर बिष्टले गरेका हुन् । गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन छ ।
‘यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ, गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्,’ ‘यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण