किन पक्राउ परे रजनीकान्तको फिल्मका भिलेन ?
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ मा खलनायकको भूमिका निभाएर चर्चामा आएका मलयालम अभिनेता विनायकन पक्राउ परेका छन् । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि विमानस्थलमा हङ्गामा मच्चाएको र इन्डिगोका गेटमा बस्ने कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप छ । अभिनेताले रक्सी पिएर सार्वजनिक स्थानमा अनियन्त्रित बनेर व्यवहार गरेको बताइएको छ ।
अभिनेता विनायकन कोच्चिबाट हैदराबाद पुगेका थिए । उनी त्यहाँबाट गोवा जाँदै थिए । उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी सर्ट फुकालेर विमानस्थलको भुईँमा बसी कर्मचारीलाई कराइरहेको देखिन्छन् ।
घटनापछि विमानस्थलमा उपस्थित सिआइएसएफ सुरक्षा टोलीले विनायकनलाई नियन्त्रणमा लिएर स्थानीय विमानस्थल प्रहरीलाई बुझाएका थिए । यो मामिलामा उजुरी गरेर छानबिन चलिरहेको बताइएको छ ।
पहिला पनि फसेका थिए यस्तै केसमा
यस्तो हर्कत गरेको भन्दै विनायकन समातिएको यो पहिलो पटक होइन । यसअघि सन् २०२३ को अक्टोबरमा केरलाको एर्नाकुलमको एउटा प्रहरी चौकीमा अराजकता फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
त्यसपछि पनि अभिनेतामाथि उनी बस्दै आएको अपार्टमेन्ट कम्प्लेक्समा अशान्ति मच्चाएको आरोप लागेको थियो । यस विषयमा उनीसँग सोधपुछ गरिएको थियो । तर, पछि उनलाई धरौटीमा रिहा गरियो ।
सुपरस्टार रजनीकान्तको गतवर्ष रिलिज भएको ब्लकबस्टर फिल्म ‘जेलर’ मा विनायकन खलनायकको भूमिकामा देखिएका थिए । उनी तस्करको भूमिकामा देखिएका थिए ।
सन् १९९५ मा ‘मन्त्रिकम’ अभिनय यात्रा सुरु गरेका विनायकन ‘कम्मतीपदम’ लगायत अन्य कयौँ फिल्ममा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण