२ महिनाको गर्भिणी गाई चोरेपछि काटेर खाएको आरोपमा ४ जना पक्राउ
आइतबार, २३ भदौ २०८१, १२ : १५
काठमाडौँ । झापामा गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
गत भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका वडा नं। २ बस्ने लछुमन विष्टको वडा नं. १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो ।
उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको उजुरीका आधारमा अनुसन्धानका क्रममा संलग्नता खेलेपछि चार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेम बहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका वडा नं। ४ बस्ने गिता श्रेष्ठ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने
-
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
-
बैंककको बारमा आगलागी, मृत्यु हुनेको संख्या ३० पुग्यो
-
मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण