बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
आइतबार, २३ भदौ २०८१, १३ : ४३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।
२१ दिनका लागि तान्न लागेको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गर्ने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।
बैंकहरूले घटीमा १० करोड रुपैयाँ राख्ने गरी अनलाइन फारम भर्न पाउने छन् । बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि छ । तर कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप खिच्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण