मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौँ । चितवन र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका-२९ चुनेखोलास्थित सडकमा ना.८ ख ५९६१ नम्बरको ट्रकमा बा.प्र.०३-००२ प ६१७८ नम्बरको स्कुटर ठक्कर खाई शनिबार राती दुर्घटना हुँदा स्कुटर चालक तनहुँ घाँसीकुवा गाउँपालिका-६ बस्ने ३७ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दाङको तुल्सीपुर उपमहानगरपालिका-११ हसनापुरमा तुल्सीपुरबाट बेल्टाकुरातर्फ जाँदै गरेको रा.५ प ८००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय शिशिर रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण