विदेशबाट ल्याएको सुन, आइफोन र ल्यापटप प्रहरीकै संलग्नतामा लुटपाट
ललितपुर । ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद् नजिकैबाट लुटपाट भएको छ । काठमाडौँको महाराजगन्जमा कार्यरत प्रहरी जवानले अरू ४ जनासँग मिलेर विदेशबाट हस्तकला चलाउनेले ल्याएको सुन, आईफोन र एप्पल कम्पनीको ल्यापटप लुटेका हुन् ।
लुटमा संलग्न आरोपमा प्रहरी जवान डम्मलालबहादुर पाध्याय, खोटाङको दिक्तेल–११ घर भएका विकाश श्रेष्ठ उर्फ प्रकाश र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने मनोज भुजेल उर्फ गुन्दास पक्राउ परेका हुन् ।
आरोपीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरी हौँ भनेर लुटेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ, थप अनुसन्धान गर्दैछौँ ।’
साउन २९ मा आरोपीहरूले आईफोन–१४ दुई वटा, सामसुङ अल्ट्रा–२४ मोबाइल दुईवटा, एपल कम्पनीको ल्यापटप एउटा र गेम बक्स लुटेको जनाइएको छ । विदेशबाट मणि कुमार राईले मगाएको ४ तोला बराबरको दुईथान सिक्री पनि उनीहरूले लुटेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोदावरी जाँदै गरेका हस्तकला सहित दुईजना चढेको ट्याक्सीलाई मोटरसाइकलबाट फलो गरेर सातदोबाटो पुगेपछि लुटेको जनाइएको छ ।
लुटमा संलग्न ३३ वर्षीय विकाश श्रेष्ठ र मनोज भुजेल बुढानीलकण्ठ बस्दै आएका छन् । बाजुराको त्रिवेणी गाउँपालिका–६ घर भएका डम्मलाल उपत्यका अपराध अनुसन्धान कार्यालयको महाराजगन्ज शाखामा कार्यरत रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण