विदेशबाट ल्याएको सुन, आइफोन र ल्यापटप प्रहरीकै संलग्नतामा लुटपाट

ललितपुर । ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद् नजिकैबाट लुटपाट भएको छ । काठमाडौँको महाराजगन्जमा कार्यरत प्रहरी जवानले अरू ४ जनासँग मिलेर विदेशबाट हस्तकला चलाउनेले ल्याएको सुन, आईफोन र एप्पल कम्पनीको ल्यापटप लुटेका हुन् ।
लुटमा संलग्न आरोपमा प्रहरी जवान डम्मलालबहादुर पाध्याय, खोटाङको दिक्तेल–११ घर भएका विकाश श्रेष्ठ उर्फ प्रकाश र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने मनोज भुजेल उर्फ गुन्दास पक्राउ परेका हुन् ।
आरोपीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरी हौँ भनेर लुटेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ, थप अनुसन्धान गर्दैछौँ ।’
साउन २९ मा आरोपीहरूले आईफोन–१४ दुई वटा, सामसुङ अल्ट्रा–२४ मोबाइल दुईवटा, एपल कम्पनीको ल्यापटप एउटा र गेम बक्स लुटेको जनाइएको छ । विदेशबाट मणि कुमार राईले मगाएको ४ तोला बराबरको दुईथान सिक्री पनि उनीहरूले लुटेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोदावरी जाँदै गरेका हस्तकला सहित दुईजना चढेको ट्याक्सीलाई मोटरसाइकलबाट फलो गरेर सातदोबाटो पुगेपछि लुटेको जनाइएको छ ।
लुटमा संलग्न ३३ वर्षीय विकाश श्रेष्ठ र मनोज भुजेल बुढानीलकण्ठ बस्दै आएका छन् । बाजुराको त्रिवेणी गाउँपालिका–६ घर भएका डम्मलाल उपत्यका अपराध अनुसन्धान कार्यालयको महाराजगन्ज शाखामा कार्यरत रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक
-
प्रोसेस पाण्डेले कसरी जिते द भ्वाइस अफ नेपालको टाईटल ?
-
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा