२०२६ मा चुनावी मैदानमा उत्रिँदैछन् साउथ स्टार विजय
नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म जगतका प्रसिद्ध अभिनेता दलपति विजय चुनावी मैदानमा उत्रिने भएका छन् । विजयको राजनीतिक दल सन् २०२६ मा हुन लागेको तमिलनाडुको विधानसभा चुनावमा आफ्नो भाग्यको परीक्षा दिन तयार देखिएको छ ।
निर्वाचन आयोगबाट पनि उनको पार्टीले स्वीकृति पाइसकेको छ । यो जानकारी दलपति विजय आफैँले दिएका हुन् । ती अभिनेताले आफ्नो अभिनय करियरलाई बिट मारेर राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका छन् ।
उनले आफ्नो राजनीतिक दल पनि गठन गरेका थिए । अभिनेताले आफ्नो पार्टीको नाम तमिलगा वेत्री कझगम (टिभिके) राखेका छन् । भर्खरै मात्रै आफ्नो पार्टीको उनले आधिकारिक झण्डा र चुनाव चिन्ह सार्वजनिक गरेका थिए ।
भारतको निर्वाचन आयोगले आधिकारिक रूपमा तमिलगा वेत्री कझगमलाई राजनीतिक दलको रूपमा दर्ता गरेको विजयले भनेका छन् ।
यससँगै निर्वाचन आयोगले उनको दललाई राजनीतिक दलका रूपमा चुनावी राजनीतिमा सहभागी हुन अनुमति दिएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण