सुन्दरीजलमा प्रेमिकालाई घुम्न लगेर हत्या
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा भदौ २० मा एक जना महिला मृत फेला परिन् । सिराहा घर भएर बसुन्धारा बस्दै आएकी करिब ३५ वर्षीया राम दुलारीलाई उनकै प्रेमीले अर्का युवकको सहयोग लिएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ घर भएका ४० वर्षीय विनय महरा र सर्लाहीकै बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महारालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।
राम विनय महरा बसुन्धारास्थित पुलमुनि जुत्ता सिलाउँछन् । राम दुलासीसँग उनी करिब २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । पर पुरुषसँग पनि सम्बन्ध रहेको आशङ्कामा राम विनयले नै उनको हत्याको योजना बनाएको एसएसपी रजौरेले बताए । आफ्नो नाता पर्ने सन्तोष राम महरालाई साथमा लिएर राम विनयले प्रेमिकाको हत्या गरेका हुन् ।
भदौ २० मा राम विनय र प्रेमिकासँगै बसेर मदिरा पिए । अनि, प्रेमिकालाई भने, ‘सुन्दरीजलतिर घुम्न जाऔँ ।’ आफ्नो भदा नाता पर्ने सन्तोषराम पनि सँगै थिए । उनीहरू ट्याक्सीमा सुन्दरीजल पुगे । सुन्दरीजल बसपार्कमा ट्याक्सीमा झरेर उकालो लागेपछि राम दुलारीलाई उनीहरूले धकेलेर खोलामा खसाले । अनि, डुङ्गाले हिर्काएर हत्या गरेको एसएसपी रजौरेले बताए । रजौरेले भने, ‘घाइते अवस्थामा राम दुलारीलाई दुवै जनाले पालैपालो टाउकोमा डुङ्गाले हिर्काएर हत्या गरेको देखिन्छ ।’
राम दुलारी बसुन्धारा क्षेत्रमा मजदुरी गर्थिन् । आफ्नो प्रेमिका भएर अन्य पुरुषसँग ‘हिमचिम’ बढाएको आशङ्कामा राम विनयले उनलाई हत्या गर्ने योजना बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण