बालोन डी’ओरको सूचीमा नपरेकोमा राड्रिगो दुःखी
काठमाडौँ । बालोन डी’ओरको अन्तिम ३० जना खेलाडीको सूचीमा नपरेकोमा रियल मड्रिडका फरवार्ड रोड्रिगोले आफू दुःखी बनेको स्वीकार गरेका छन् । २३ वर्षीय ब्राजिलियन खेलाडीले गत सिजन रियलका लागि १७ गोल गर्नुका साथै ९ वटा गोलको अवसर सिर्जना गरेका थिए । यसको मद्दतमा क्लबले च्याम्पियन्स लिगका साथै ला लिगाको उपाधि हात पारेको थियो ।
तर, रोड्रिगोको योगदानलाई बालोन डी’ओरको सूचीमा बेवास्ता गरिएको थियो । अहिले रोड्रिगो आफैले आफू उक्त सूचीमा पर्न हकदार रहेको बताएका हुन् । ईएसपीएनसँग कुराकानी गर्दै उनले भने, ‘म दुःखी थिएँ । मलाई लाग्छ म त्यसको हकदार थिएँ । म सूचीमा भएका अन्य खेलाडीको अपमान गर्न चाहन्न तर, मलाई लाग्छ म पनि त्यो सूचीमा अटाउनुपर्थ्यो । यो निकै आश्चर्यजनक थियो।।। तर, म केही गर्न सक्दिनँ । म त्यो निर्णय गर्ने मानिस होइन ।’
उनले आफ्नो ‘बहुमुखी प्रतिभा’ का कारण भोटिङमा नअटाएको हुनसक्ने आशङ्का व्यक्त गरे । उनले भने, ‘म प्रायः खाली ठाउँ भर्छु । टोलीमा कोही छैन, रोड्रिगोलाई हाल । दाहिने पट्टी खेलाडी छैन, रोड्रिगोलाई पठाऊ । नम्बर ९ छैन, रोड्रिगो । तर, म टिमका लागि खेल्ने खेलाडी हुँ ।’
हुन पनि सुपरस्टारले भरिएको टोलीमा उनी कालो एन्चेलोटीका लागि नियमित रूपमा खेलमा सुरुवात गर्छन् । भिनिसियस जुनियरसँग उनको जोडी राम्रो जमेको पनि छ । हालै इक्वेडरलाई विश्वकप छनोट खेलमा हराउँदा उनी प्लेयर अफ म्याच चुनिएका थिए । -गोल डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण