छोरीको हत्या गरी खोलामा फालेको आरोपमा आमा पक्राउ
सोमबार, २४ भदौ २०८१, १८ : २०
काठमाडौँ । छोरीको हत्या गरी खोलामा फालेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । २३ महिनाकी आफ्नी छोरी पृन्सिका भन्डारीको हत्या गरी ललितपुरस्थित ठोस्ने खोलामा फालेको आरोपमा २१ वर्षीया प्रमिला भन्डारीलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रमिलाले आफ्नी छोरी पृन्सिकालाई कुटपिट गरेर बेहोस भएपछि खोलामा फालेको खुलेको छ ।
साउन २७ गते कुटपिट गरेर खोलामा फेलेपछि उनले खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन् । साउन २८ गते पृन्सिका ठोस्ने खोलामा रुखको हाँगामा अड्किएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रमिलालाई सोमबार पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गरी ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण