नेसन्स लिगमा फ्रान्सको पहिलो जित
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ । गए राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो खेलमा फ्रान्स इटालीसँग स्तब्ध भएको थियो । बेल्जियमको भने यो पहिलो हार हो । बेल्जियमले पहिलो खेलमा इजरायललाई पराजित गरेको थियो ।
सोमबार रातिको खेलमा फ्रान्सलाई जिताउनका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले एक एकगोल गरेका थिए ।
घरेलु मैदानमा फ्रान्सले २९ औँ मिनेटमा अग्रता लिएको थियो । फ्रान्सका लागि रान्डालले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १गोल गरेको फ्रान्सले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । डेम्बेले ५७औँ मिनेटमा एनगोलो कान्टेको पासमागोल गरेका थिए । त्यसपछि थपगोल नभएपछि अन्ततः फ्रान्स २–० को जीत निकाल्न सफल भयो ।
फ्रान्सले पहिलो ३ अङ्क जोडेको हो । बेल्जियम भने हारका बाबजुद ३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यो समूहमा इटाली ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स ३ अङ्कका साथ दोस्रो स्थानमा छ । खाता खोल्न नसकेको इजरायल भने पुच्छरमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण