बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सन्दीप लामिछाने भन्छन्, ‘क्रिकेट खेलाडी हरेक ढाँचाको प्रतियोगिताका लागि तयार हुनुपर्छ’

मङ्गलबार, २५ भदौ २०८१, १३ : ३९
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सन्दीप लामिछानेले निकट भविष्यमा क्यानडा र अमेरिकामा हुने आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतको शृङ्खलामा उत्कृष्ट प्रदर्शनका लागि आफूहरू तयार रहेको बताएका छन् ।

लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गर्न नेपाल क्रिकेट संघ (क्यान)द्वारा मंगलबार आयोजित कार्यक्रममा सन्दीपले नेपाली क्रिकेटको भविष्यमा लागि पनि यो शृङ्खला निकै महत्त्वपूर्ण रहेको बताए ।

‘नेपाली क्रिकेटको सुखद भविष्यका लागि पनि यो शृङ्खला निकै महत्त्वपूर्ण छ । लिग–२ शृङ्खला नेपालको एक दिवसीय मान्यतासँग पनि जोडिएको छ । त्यसैले यो शृङ्खलामा हामीसँग उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन,’ उनले भनेका छन् ।

प्रभावशाली लेग–स्पिनर सन्दीपले क्यानडा र अमेरिकामा हुने शृङ्खलाका लागि आफूहरूले गतिलो तयारी गरेको पनि बताए । उनले करिब एक वर्षपछि एक दिवसीय प्रतियोगिता खेल्न लागेकाले आफू निकै उत्साही रहेको बताए ।

‘म करिब एक वर्षपछि एक दिवसीय प्रतियोगिता खेल्ने तयारीमा छु । त्यसैले यो शृङ्खलाका लागि म पनि उत्साही छु,’ उनले भनेका छन्, ‘मैले यसअघि पनि क्यानडामा क्रिकेट खेलिसकेको छु । हाम्रोभन्दा त्यहाँको परिस्थिति केही फरक छ । क्यानडाको विकेट पनि निकै फरक छ । तर, हामी सबै खेलाडी उत्कृष्ट प्रदर्शनका लागि मानसिक रूपमा पनि तयार छौँ,’ उनले भने ।

पछिल्लो समय नेपालले एक दिवसीय ढाँचाको प्रतियोगिताभन्दा टी–२० ढाँचाको प्रतियोगिता बढी खेलेको छ । यस विषयमा सोधिएको एक प्रश्नको जवाफमा सन्दीप भन्छन्, ‘विश्वस्तरमा प्रतिस्पर्धा गर्ने क्रिकेट खेलाडीले हरेक ढाँचाको प्रतियोगिताका लागि तयार हुनु पर्छ । जुनसुकै ढाँचाको प्रतियोगिता भए पनि खेलाडीले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने हो ।’ 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप