देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन् । गृहजिल्ला संखुवासभामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री खड्काले जनताहरूसँग छलफल, परामर्श गरी समायानुकुल हुनेगरी देशको आवश्यकताअनुसारको संविधान संशोधन हुने बताए । उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निस्कर्ष दुई ठुला राजनीतिक दलहरूले निकालेको भन्दै संविधानमा भएका कमी, कमजोरीलाई सच्याउने प्रतिबद्धता जनाए ।
मन्त्री खड्काले वर्तमान सरकार दुई ठुला राजनीतिक दलहरू मिलेर बनेको उल्लेख गर्दै स्थायी ढंगले पूर्ण कार्यकालसम्म रहने दाबी गरे । उनले जनतालाई अनुभूति हुने, न्यायोचित ढंगले देखिने गरी काम गर्न दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताए ।
मन्त्री खड्काले विकास निर्माणको जनताको चाहनालाई सम्बोधन गर्न सरकार बनेको भन्दै यसमा ढिलासुस्ती र आलटाल गर्ने छुट नरहेको बताए । उनले अब आर्थिक क्रान्तिको अगुवा कांग्रेसले गर्नेपनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण