एभरेष्ट महिला भलिबल लिग : काठमाडौँ स्पाइकर्सको लोगो सार्वजनिक
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइजीमध्येको एक काठमाडौँ स्पाइकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौँ स्पाइकर्सले काठमाडौँ सहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहनालाई समेट्ने गरी तयार पारेको लोगो सार्वजनिक गरिएको जनाएको छ ।
शरद कुमार टिबरेवालाको स्वामित्वमा रहेको काठमाडौँ स्पाइकर्सले खेलकुदमा नेपाली महिलाको सहभागितालाई बढाउने र महिला खेलाडीको खेलस्तरलाई अझ माथि उठाउने लक्ष्य राखेको क्लबले जनाएको छ ।
लोगो सार्वजनिक कार्यक्रममा काठमाडौँ स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले भनिन्, ‘काठमाडौँ स्पाइकर्स आफ्नो बलियो प्रभाव छोड्न आएको हो । टिमको लोगो सार्वजनिक भएसँगै नेपाली युवा महिलालाई प्रेरणा दिने यात्रामा हामीले आज आफ्नो पहिलो पाइला चालेका छौँ । भलिबल राष्ट्रिय खेल मात्र नभइ हाम्रो एकता र शक्तिको प्रतिक पनि हो । एभरेष्ट महिला भलिबल लिगमा आफ्नो गतिलो छाप छाड्न हामी तयार छौँ ।’
सार्वजनिक गरिएको लोगोमा काठमाडौँ सहरको समृद्ध संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रंगको आकर्षक संयोजन गरिएको छ । लोगोको केन्द्रमा रहेको मन्दिरले सहरको अध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषताहरूलाई प्रतिनिधित्व गर्ने क्लबले जनाएको छ ।
यसैगरी, मन्दिरको छेउमा मिड–स्पाइकमा रहेकी भलिबल खेलाडीलाई चित्रण गरिएको छ, जसले काठमाडौँ स्पाइकर्सको बल, स्फूर्ति र सफलताको चाहनालाई मूर्त रूप दिन्छ । क्लबका अनुसार, परम्परा र खेलाडीको कलाको यो मिश्रणले काठमाडौँ र काठमाडौँ स्पाइकर्स दुवैको भावना समेट्दै लोगोलाई टिमको वास्तविक पहिचानका रूपमा उभ्याएको छ ।
‘टिमको लोगो सार्वजनिक गर्ने क्षण हाम्रो यात्राको एउटा महत्त्वपूर्ण मोड हो । यो लोगो एउटा चिन्ह मात्र हैन, यसले आफूलाई यो स्थानमा देख्न चाहने धेरै महिलाको सपना र इच्छालाई समेत प्रतिनिधित्व गर्छ । हामी नेपालमा भलिबलप्रतिको माया बढाउन लागिपरेका छौँ । हामी प्रतिस्पर्धा गर्न, प्रेरणा दिन र पछिसम्म रहने विरासत स्थापना गर्न आतुर छौँ,’ काठमाडौँ स्पाइकर्सका मालिक शरद कुमार टिबरेवालाले भनेका छन् । काठमाडौँ स्पाइकर्सले यस यात्रामा आफूलाई हौसला प्रदान गर्न सबैसँग आग्रह पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण