कर्णालीमा सार्वजनिक शिक्षा सम्मेलन सुरु
सुर्खेत । कर्णालीमा प्रदेश स्तरिय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबारदेखि सार्वजनिक शिक्षा सुधारको कार्य योजना बनाउन सम्मेलन सुरु भएको हो । उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ ।
सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान अवस्थामा लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए ।
अरूलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिन नपाइने धारणा उनले राखे । यो सम्मेलनबाट औँल्याएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता कँडेलले जनाएका छन् । साथै उनले यो अवधिमा राज्यको स्रोत साधन वितरणको थितिका बारेमा विश्लेषण गर्नुपर्ने भन्दै शैक्षिक विषयलाई साझा धारणा बनाएर सबैको दायित्व र जिम्मेवारी हुनुपर्ने गरी काम गर्न सुझाव दिए ।
यस्तै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालय सुधारका गतिविधि तदारुकताका साथ सञ्चालन गरिनुपर्ने बताए । उनले विद्यालयमा हुने राजनीतिक गतिविधिका कारण शैक्षिक अवस्था धुमलिएको प्रस्ट पारे ।
विद्यालयमा स्थानीय पाठ्यक्रमले हाम्रो परम्परा हाम्रो संस्कृति जस्ता विषयलाई समेट्न भन्दा पनि आयातित संस्कृति तर्फ उन्मुख गइरहेको भण्डारीको भनाइ छ ।
शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित उक्त सम्मेलनमा शिक्षासँग सरोकार राख्ने विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । पछिल्लो पटकको एसईई र कक्षा १२ को नतिजामा कर्णाली निकै कमजोर देखिएको थियो ।
परीक्षा दिएकामध्ये करिब ५८ प्रतिशत विद्यार्थीहरू एसईईमा फेल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण