दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने विषयमा सुझाव माग
मङ्गलबार, २५ भदौ २०८१, १८ : २८
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा दिइने दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने विषयमा सुझाव माग गरेको छ । स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार पारेको मन्त्रालयले त्यसका लागि आवश्यक सुझाव माग गरेको हो ।
दिवा खाजाका लागि कस्तो नीति आवश्यक छ ?, दिवा खाजासँग जोडेर स्थानीय खाद्यवस्तुको उत्पादन बढाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तरिका के-के हुन सक्छन् ? विद्यालयको दिवा खाजाको पोषणमा खाद्य सुरक्षा र स्वच्छता कसरी सुरक्षित गर्न सकिन्छ ? लगायतका विषयमा सुझाव माग गरेको हो ।
उक्त विषय क्षेत्रका अतिरिक्त प्रारूपमा उल्लेख भएका अन्य विषयमा समेत सुझाव दिन सकिने मन्त्रालयको प्रारम्भिक बाल विकास तथा विद्यालय पोषण शाखाकी शाखा अधिकृत सुशीला अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण