‘विपक्षी दललाई हतोत्साहित बनाउन उपसभामुखलाई हटाउन खोजियो’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरूलाई हतोत्साहित गर्नका लागि उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक चौधरीले उपसभामुखलाई हटाउने कुरा निन्दनीय भएको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरू कांग्रेस र एमालेभित्रै रहेका भन्दै उनले उनीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरे । उनले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको बताए । उनले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको पनि बताए ।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन खोजिएको बताए । उनले सरकारको स्वेच्छाचारी कदमलाई संवैधानिक परिषद्ले स्विकार्ने परिस्थिति बनाउनका लागि सत्तारुढ दल लागिपरेका बताए । उनले उपसभामुखको कदमको छानबिन गर्न सकिने बताए ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुखमाथि महाअभियोग लगाए कानुनी उपचार खोज्ने बताए । उनले महाअभियोग लगाए सत्तारुढ दलहरूले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए । उनले उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण