उपसभामुखबारे रविले मागे प्रधानमन्त्रीसँग सरकारको धारणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख इन्दिरा रानाबारे धारणा माग गरेका छन् ।
मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति लामिछानेले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।
‘उपसभामुखको विषयमा भएको के हो ? सरकारले के गर्न खोजेको ? म तपाईंको मुखबाट स्पष्ट धारणा सुन्न चाहन्छु’, लामिछानेले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले संसदमा उठेको विषय संसदबाटै हल गर्नुपर्ने बताएका थिए ।
उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई आफूसँगै अमेरिका जाने पाँच जनाको अन्तर्वार्ता मिति चाँडो राखिदिन पत्र लेखेकी थिइन् । उक्त पत्र रानाले आफ्नो लेटरहेडमा लेखेपनि संसद् सचिवालयलाई जानकारी गराएकी थिइनन् ।
सोही विषयलाई लिएर मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनको पदीय र चारित्रमाथि प्रश्न उठाउँदै सत्तापक्षका सांसदले राजीनामा मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण